समय : ०१:२७ pm | शुक्रबार , श्रावण २ गते २०८२

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ विशेष | असार ९ गते २०८२

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १८.९४७७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित लाभांशसहित कम्पनीको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ । यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्