समय : ०५:४९ pm | आइतबार , असार २९ गते २०८२

सानिमा रिलायन्स लाइफको २.४९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ ३० गते २०८२

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात असार १४ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्