समय : ०१:५७ pm | शुक्रबार , श्रावण २ गते २०८२

नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्कसबीच सम्झौता

अर्थ विशेष | जेठ २९ गते २०८२

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी अग्नी समूह अन्तर्गत बालाजु अटो वर्कससँग बीमा सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छ । बीमा व्यवसायका विषयमा बालाजु अटो वक्र्सको कार्यालय, बालाजुमा आज जेठ २९ गतेका दिन आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

दुवै पक्षकाबीच महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरी र बालाजु अटो वर्कस प्रा.लिको तर्फबाट नायव महाप्रबन्धक शिव सुदन श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रबन्धक सुशन थापा र नायव प्रबन्धक अमृत अधिकारी तथा बालाजु अटो वर्कस प्रा.लिका सहायक महाप्रबन्धक सन्तोष कुमार अधिकारी समेतको उपस्थिति रहेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्