समय : ०१:२१ pm | मङ्गलबार , भाद्र ३० गते २०८३

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

अर्थ विशेष | भाद्र ३० गते २०८३


काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा रु १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।

त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।


कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्