समय : ०१:३६ pm | सोमबार , वैशाख २८ गते २०८३

सामान्य घट्यो सुनको मूल्य

अर्थ विशेष | वैशाख २८ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५३ सय रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्