समय : १०:४२ am | बुधबार , वैशाख २३ गते २०८३

उद्योग वाणिज्य महासंघको चुनावी परिणाम : कोको भए निर्वाचित ?

अर्थ विशेष | वैशाख २३ गते २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम आएको छ । महासंघको ६०औँ वार्षिक साधारणसभासहितको महाधिवेशनले चार उपाध्यक्ष (थप एक महिला उपाध्यक्षसहित), ६८ कार्यकारिणी सदस्य निर्वाचित गरेको हो ।

महासंघको भावी नेतृत्वका लागि दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा थियो । मंगलबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न निर्वाचनले दुवै प्यानललाई ५०/५० प्रतिशत मत देखिएको छ ।

तथापि, महिला उपाध्यक्षमा भने न्हेम्याफुकी विजयी भएकी छन् । न्हेम्याफुकीले ५४ मत ल्याएर विजयी बन्दा ढकाल प्यानलबाट कमला श्रेष्ठ ४८ मतसहित पराजित भइन् ।

वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गर्दै वस्तुगत उपाध्यक्षमा विजयी बनेका हुन् ।

त्यस्तै, जिल्लारनगरतर्फको उपाध्यक्षमा व्यवसायी कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ जिल्लारनगर उपाध्यक्षमा विजयी भएका छन् ।

जिल्लारनगरतर्फका उमेदवार रहेका उमेश डालमिया र कल्पना गैरे पराजित भएका छन् । यसअघि जिल्लारनगरतर्फ एक जना मात्र उपाध्यक्षको पद रहने व्यवस्था रहे पनि महासंघको संशोधित विधानले यसपटकदेखि दुई उपाध्यक्षको व्यवस्था गरेको हो ।

महासंघको एसोसियट सदस्यतर्फ १७ जना उम्मेदवार निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार सर्वाधिक मत प्राप्त गर्ने १७ जना उम्मेदवार विजयी भएका हुन् ।

६०औँ वार्षिक साधारणसभापश्चात् व्यवसायी अञ्जनकुमार श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्ष नै महासंघको अध्यक्ष बन्ने यसअघिको व्यवस्थाअनुसार श्रेष्ठ अध्यक्ष बनेका हुन् । तर, वरिष्ठ उपाध्यक्ष भने सेरेमोनियलको रूपमा निर्वाचित कार्यकारिणी समितिले चयन गर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्