समय : ०८:४४ am | मङ्गलबार , वैशाख ८ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति सात घण्टा बन्द

अर्थ विशेष | वैशाख ८ गते २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ ।

पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।

विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।

जारी सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्