समय : १२:२२ pm | बिहिबार , असार २५ गते २०८३

सुन-चाँदीको भाउमा तगातार गिरावट

अर्थ विशेष | असार २५ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २४ सय रुपैयाँले घटेको हो।

यससँगै प्रतितोला सुन २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।

यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा १६० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ३४० सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्