समय : १०:१३ am | आइतबार , असाेज १८ गते २०८३

लुम्बिनी विकास बैंकको १ हजार ८०३ कित्ता संस्थापक शेयर विक्रीमा

अर्थ विशेष | असाेज १८ गते २०८३

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ हजार ८०३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी दिवाकर कुचेरिया आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यस शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थापक शेयरधनीहरूमा शेयर विक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्