समय : ०६:२१ am | बुधबार , पौष २ गते २०८२

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

अर्थ विशेष | मंसिर ४ गते २०८२


काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

उक्त बैठकले हाल कायम चुक्तापूँजीको ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्