काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९८ हजार २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले बिक्री हुन बाँकी सेयर आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९८ हजार २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले बिक्री हुन बाँकी सेयर आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि गरिमा विकास बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
