समय : ०४:५८ pm | आइतबार , श्रावण १० गते २०८३

प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा

अर्थ विशेष | श्रावण १० गते २०८३

काठमाडौँ । प्रांगारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुगेकी छन् । धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गरेकी हुन् ।

कृषिमन्त्री चौधरीले किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मललगायत प्रयोग बढाउन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

रासायनिक मलमाथिको निर्भरता पनि घटाएर दीर्घकालीनरुपमा माटोको सुधार गर्न सकिने मन्त्री चौधरीको भनाइ छ । धनुवाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको मन्त्री चौधरीले निरीक्षण गरिन् ।

यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपूरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि र चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरिन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्