समय : ०५:१८ pm | शुक्रबार , श्रावण २ गते २०८२

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार १८ गते २०८२

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ । बैंकले सेयरको संख्या भने खुलाएको छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्