समय : ०१:१८ pm | आइतबार , श्रावण ३१ गते २०८३

कुमारी क्यापिटलद्वारा साधारण सभा आह्वान

अर्थ विशेष | श्रावण ३१ गते २०८३

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ साधारण सभा डाकेको हो ।
कम्पनीको उक्त सभा आगामी भदौ २४ गते काठमाण्डौको नागपोखरीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा साँझ साढे ५ बजेबाट शुरु हुनेछ ।

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८२/८३ का लागि चुक्तापूँजीको १२.२५ प्रतिशतका दरले हुन आउने लाभांश (करसहित)पारित गरिनेछ ।

यस्तै आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिनेछ । सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव समेत पारित हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्