समय : ०१:५३ pm | शुक्रबार , श्रावण २ गते २०८२

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार ४ गते २०८२

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्