समय : ०१:१९ pm | आइतबार , श्रावण ३१ गते २०८३

हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण

अर्थ विशेष | वैशाख १४ गते २०८२

काठमाण्डौ । हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण भएको छ । बंैकको बत्तीसपुतली शाखा साविक भवन÷स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आजदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा आएको हो ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८४ एटीएम, ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्