काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा आज अयोजना हुँदैछ । संस्थाको सभा बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान ११ बजे सभा आयोजना हृुन लागेको हो । उक्त सभामा संस्थाले अन्य वित्तीय संस्था गाभ्ने÷गाभिने, प्राप्ति वा खरिद सम्बन्धी प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा ४ जना संस्थापक र २ जना सर्वसाधारण गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत वैशाख २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।