समय : ०७:१२ am | सोमबार , पौष ८ गते २०८१

भरतपुरका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

अर्थ विशेष | जेठ ७ गते २०८१

चितवन( भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ। महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए। उनका अनुसार ३४ सहकारी समूहका नौ सय ६९ र ३६ सहकारीका एक हजार दुई सय ९७ किसानले तोरीको उन्नत बीउ पाएका छन्।
करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुईरदुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय रूपैयाँ र तोरीको बीउमा प्रतिकिलो ३० रूपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ।अघिल्ला वर्षमा धान र मकैको बीउ अनुदान दिइएका थिए। यस वर्ष भने बजेट अभावका कारण गहुँ र तोरीको बीउमात्रै अनुदानमा दिइएको हो। यसले किसानलाई ठूलो सहयोग पुगेको छु, उनले भने।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्