समय : ०५:४२ pm | शुक्रबार , कार्तिक २१ गते २०८३

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | कार्तिक २१ गते २०८३

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।
कम्पनीका संस्थापक सेयरधनी वर्षा के.सी.ले आफ्नो नाममा रहेको १५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो।

विद्यमान व्यवस्थाअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै अन्य संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोहीअनुसार कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्