काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिको मूल्यसूचीअनुसार तरकारी तथा फलफूलको मूल्य वस्तु र जातअनुसार उल्लेख्य फरक देखिएको छ ।
आज ठूलो नेपाली गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ र टनेलको सानो गोलभेँडा ३२ रुपैयाँ तोकिएको छ । रातो आलु लाम्चो प्रतिकिलो ५०, रातो आलु गोलो र मुढे समान ५३, भारतीय रातो आलु ३५ तथा सेतो आलु ३५ रुपैयाँ कायम भएको छ । भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ५७ रुपैयाँ छ ।
गाजर लोकल प्रतिकिलो १२० र तराईको गाजर ९० रुपैयाँ तोकिएको छ । लोकल बन्दा ३०, स्थानीय काउली ११०, रातो मूला ४०, हाइब्रिड सेतो मूला ३०, लाम्चो भन्टा ६० र डल्लो भन्टा ७० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।
बोडी तने र मकै बोडी प्रतिकिलो समान ९० रुपैयाँ तथा लोकल र हाइब्रिड घिउ सिमी समान १३० रुपैयाँ तोकिएको छ । टाटे सिमी १२०, भटमास कोसा १००, तीते करेला ६०, लौका ६०, लोकल तथा तराईको परवर ६०, चिचिण्डो ४०, घिरौँला ७० र भिन्डी ८० रुपैयाँ प्रतिकिलो रहेको छ ।
सागपाततर्फ पालुङ्गोको अधिकतम थोक मूल्य प्रतिकिलो ३०० रुपैयाँ पुगेको छ । रायोसाग २५०, हरियो प्याज २०० र तोरीको साग १५० रुपैयाँ प्रतिकिलो तोकिएको छ । हरियो धनियाँ प्रतिकिलो ३५० र पुदिना ४०० रुपैयाँ कायम भएको छ ।
च्याउमा सबैभन्दा महँगो सिताके देखिएको छ । यसको अधिकतम थोक मूल्य प्रतिकिलो एक हजार रुपैयाँ तोकिएको छ । डल्ले च्याउ ५००, राजा च्याउ ३२० र कन्य च्याउ २८० रुपैयाँ प्रतिकिलो रहेको छ । कुरिलो र पार्सलेको मूल्य पनि प्रतिकिलो ५०० रुपैयाँ छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३००, अनार ५००, मालदह र दशहरी आँप समान २०० तथा हरियो तरबुजा ७० रुपैयाँ तोकिएको छ । जुनार प्रतिकिलो ३००, लोकल नास्पाती ८०, नेपाली मेवा ९० र भारतीय मेवा १२० रुपैयाँ रहेको छ ।
आभोकाडोको अधिकतम थोक मूल्य प्रतिकिलो ८०० रुपैयाँ कायम भएको छ । अमला २८०, कागती २००, काँचो नरिवल ७० र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो तोकिएको छ । नेपाली केराको मूल्य प्रतिदर्जन ३०० र मालभोग केराको २०० रुपैयाँ रहेको छ ।
मसलाजन्य कृषिउपजमा अदुवा प्रतिकिलो २३०, सुकेको खुर्सानी ५००, अकबरे खुर्सानी २५०, चाइनिज सुकेको लसुन २४० र नेपाली सुकेको लसुन २०० रुपैयाँ तोकिएको छ ।
माछातर्फ सुकेको माछाको अधिकतम थोक मूल्य प्रतिकिलो एक हजार रुपैयाँ छ । ताजा रहु माछा ३४० तथा बचुवा र छडी माछा समान ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ ।










