काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको सञ्चालकमा ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहका सञ्चालक निर्वाचित भएका हुन् ।संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन जेठ ३ गते बनेपाअवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
उक्त निर्वाचनमा केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का गरी ४ जना संस्थापक सञ्चालक निर्वाचिचत भएका छन् । रविन सिजापती तथा क्षितिज खड्का क्रमशःनेपाल ईन्भेष्टमेण्ट मेगा बैक तथा कुमारी बैकवाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा निर्वाचित भएका हुन् ।
साथै सर्वसाधारण समूहकातर्फवाट नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत लिलामणी पौडेलले निर्वाचित हुने संस्थापक तथा सर्वसाधारण तर्फका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरेको कम्पनीले जनाएको छ ।