समय : ०८:५६ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | श्रावण २४ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ कायम भएको छ ।
यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.६३ रुपैयाँ कायम थियो ।

आज एक यूरोको खरिददर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६८ रुपैयाँ र बिक्रीदर १७१.४४ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६७ रुपैयाँ र बिक्रीदर १८.७५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.८१ रुपैयाँ र बिक्रीदर २९.९४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१४ रुपैयाँ र बिक्रीदर ४४०.१० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्