समय : १२:४९ pm | सोमबार , पौष ८ गते २०८१

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत छुट

अर्थ विशेष | जेठ २ गते २०८१

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्
उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कान्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रालिका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्