काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा १२ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।










