समय : ०५:३८ pm | बिहिबार , असार ४ गते २०८३

नेप्से परिसूचकमा सामान्य गिरावट

अर्थ विशेष | असार ४ गते २०८३

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ०६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयााको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १२ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले ५ दशमलव ५४ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्