काठमाडौं । शेयर बजारमा झिनो वृद्धि भएको छ । आज नेप्से परिसूचक ० दशमलव ०८ अंकले बढेर २,७०५ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ३२ लाख रुपैयााको शेयर कारोबार भएको छ । बुङगल हाइड्रोको १७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एपोलो हाइड्रोका लगानीकर्ताले पनि १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबेभन्दा धेरै एनएमबी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशमलव ६४ प्रतिशतका दरले गुमाएका हुन् ।










