समय : १०:५५ pm | शनिबार , जेठ २३ गते २०८३

सीजी मोटोकर्पद्वारा राष्ट्रव्यापी सुजुकी समर सर्भिस क्याम्पको शुभारम्भ

अर्थ विशेष | जेठ २२ गते २०८३

काठमाण्डौ । CG Motocorp Pvt. Ltd.नेपालमा Suzuki अटोमोबाइल्सको अधिकृत वितरकले ‘सुजुकी समर सर्भिस क्याम्प’को घोषणागरेको छ । यो राष्ट्रव्यापी सेवा अभियान जेठ २४ गतेदेखि २६ गतेसम्म नेपालभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ।
नेपालमा गर्मी र मनसुनपूर्वको मौसम प्रारम्भ भइसकेको सन्दर्भमा, जुनबेला भारी वर्षा र चिप्लो सडकहरूका कारण सवारी साधनको प्रदर्शन तथा सुरक्षामा प्रतिकूल असर पर्नसक्ने भएकाले सीजी मोटो कर्प प्रत्येक सुजुकी मालिकले यो मौसम निडर र पूर्ण सुरक्षाका साथ यात्रा गर्न सकून् भन्ने उद्देश्यले यो अभियान ल्याएको जनाएको छ । तीन दिने यस क्याम्पमा व्यापक सवारी मर्मत-सम्भार, आकर्षक छुट र निःशुल्क सेवाहरू प्रदान गरिनेछन्।

विशेष अफर तथा छुट विवरण

क्याम्पका दौरान आफ्नो सवारी साधन ल्याउने ग्राहकहरूले निम्न सुविधाहरूको लाभ उठाउन पाउनेछन्:

स्पेयर पार्टस (Spare Parts) १०% विशेष छुट
लुब्रिकेन्ट (Lubricants) १०% विशेष छुट
लेबर चार्ज (Labour Charges) २०% छुट
सुजुकी डाइग्नोस्टिक टूल (SDT) जाँच निःशुल्क
सामान्य सवारी निरीक्षण निःशुल्क
हिटर तथा एयर कन्डिसनिङ जाँच निःशुल्क
ब्याट्री परीक्षण निःशुल्क

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्