समय : १०:५५ pm | बुधबार , जेठ २० गते २०८३

नेप्सेमा सामान्य वृद्धि

अर्थ विशेष | जेठ २० गते २०८३


काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भउको छ । आज नेप्से परिसूचक २ दशमलव ६६ अंकले बढेर २,७८० को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ८५ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ४९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एसबिएल डिबेञ्चर २०८४ का इकाईधनीले १४ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । विजय लघुवित्तका लगानीकतार्नले ८ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल रिइनस्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले गुमाएका हुन्

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्