समय : ०८:१० pm | शुक्रबार , वैशाख ११ गते २०८३

नेप्सेमा सामान्य वृद्धि

अर्थ विशेष | वैशाख ११ गते २०८३

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ५४ अंकले बढेर २,७८८ को विन्दुमा कायम भएको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५१ कम्पनीको १ करोृड २१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २४ करोड ४४ लााख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट, शिखर पावर कम्पनी र माई खोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले १२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ३ दशमलव ५० प्रतिशतका दरले गुमाउका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्