समय : ०७:२४ pm | बुधबार , चैत्र २५ गते २०८२

शेयर बजारमा ४५ अंकको वृद्धि

अर्थ विशेष | चैत्र २५ गते २०८२


काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४५ दशमलव १२ अंकले बढेर २,८०२ को विन्दुमा कायम भएको छ । आज २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ ।

आज दिनभरिमा ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ४२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर खुदीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्