समय : ०५:१५ pm | सोमबार , चैत्र २३ गते २०८२

सीएफमोटोका जेनुइन स्पेयर पार्ट्स अब देशभर किफायती मूल्यमा पाइने

अर्थ विशेष | चैत्र २३ गते २०८२

काठमाडौं । ग्राहक सन्तुष्टि र अफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सीएफमोटो नेपालले देशका विभिन्न प्रमुख सहरहरूमा आफ्ना जेनुइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ ।

यस पहलले देशभरका सीएफमोटो प्रयोगकर्तालाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको कम्पनीले काठमाडौं उपत्यका भित्र तथा बाहिर दुवै क्षेत्रमा स्पेयर पार्ट्सको सहज उपलब्धता सुनिश्चित गर्दै आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको जनाएको छ ।

कम्पनीले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सुधारको दिशामा अघि बढ्दै आएको छ भने स्पेयर पार्ट्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै आफ्ना प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि सीएफमोटो ग्लोबलद्वारा सञ्चालन गरिएका विभिन्न तहका तालिम कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

यसैगरी, बिर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्ज लगायतका सहरहरूमा स्पेयर पार्ट्स उपलब्ध गराइएको छ भने काठमाडौं उपत्यकाभित्र कालोपुलस्थित सीएफमोटो सर्भिस स्टेसन, बुद्धनगरस्थित काठमाडौं अटो क्लिनिक र सल्लाघारीस्थित राइडर्स ग्रुपमार्फत सेवा प्रदान भइरहेको छ ।

देशभर स्पेयर पार्ट्सको उपलब्ध विस्तार गर्दै कम्पनीले ग्राहकहरूको समय बचत गर्ने र मर्मत सेवा अझ सहज बनाउने लक्ष्य लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्