समय : ११:५८ am | सोमबार , पौष ८ गते २०८१

नबिल बैंकले घटायो निक्षेपको ब्याजदर

अर्थ विशेष | वैशाख ३१ गते २०८१

काठमाण्डौ । नबिल बैंक लिमिटेडले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.७५० प्रतिशत र १ वर्षभन्दा माथिको अवधिका लागि ६.७५० प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले संस्थागत निक्षेपतर्फ जेठ महिनाका लागि अधिकतम ५.७५० प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ ।

वैशाख महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।बैंकले जेठ महिनाका लागि संस्थागत निक्षेपतर्फ ६ महिनादेखि २ वर्षसम्मका लागि ४.७५० प्रतिशत,२ वर्षदेखि ५ वर्षसम्मका लागि ५.२५० प्रतिशत र ५ वर्षभन्दा माथि अवधिका लागि ५.७५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्