काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सोही आधारमा कम्पनीको मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार मूल्य ५२२ रुपैयाँका आधारमा ५० प्रतिशत हकप्रद बुकक्लोजपछि नेप्सेले सो कम्पनीको सेयरमूल्य ३८१.३३ रुपैयाँ कायम गरेको छ । सोही मूल्यकै आधारमा आज कम्पनीको कारोबार खुल्नेछ ।









