काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अंकले बढेर २८२४ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै दरम खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।









