समय : ०१:१६ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा सामान्य करेक्सन

अर्थ विशेष | माघ १२ गते २०८२

काठमाडौं । आज शेयर बजारमा करेक्सन देशिएको छ । लगातार २ दिन बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको हो । आज नेप्से परिसूचक ३ दशमलव ०७ अंकले घटेर २,७६९ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ५६ करोड १६ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाखको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्