काठमाडौँ । सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो।
मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछि आजै अर्याललाई नियुक्त गरिएको हो। हाल रक्षा मन्त्रालयमा रहेका उनी वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव मध्येमा पर्थे।
अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् ।
नियुक्त सुमनराज अर्याल यसअघि रक्षा सचिवका रूपमा कार्यरत थिए । नयाँ मुख्यसचिव उनका रूपमा बुधवारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने सरकारको तयारी छ।









