समय : ०६:१३ pm | मङ्गलबार , असार १६ गते २०८३

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

अर्थ विशेष | असाेज २६ गते २०८२

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्