काठमाडौं । सोमबार बडा दशैंको प्रथम दिन घटस्थापनाको अवसरमा धनगढीमाइ–०८, कसाहा स्थित दुर्गा मन्दिरमा श्रद्धालु भक्तजनहरूलाई समृद्धि फाइनान्स, कसाहा शाखाले निःशुल्क पानी र जुस वितरण गरेको छ ।
दुर्गा मन्दिरबाट निस्किएको कलश यात्रा देवी टोकी दहबाट जल भरेर ग्रामपरिक्रमा गर्दै पुनः मन्दिर परिसरमै फर्किएको थियो । यस यात्रामा धनगढीमाइ नगरपालिका वडा नम्बर ६, ७ र ८ का ५ सय भन्दा बढी भक्तजनहरूको सहभागिता रहेको थियो ।
समृद्धि फाइनान्सले १३ वटा शाखामार्फत समृद्धि फाइनान्सले इसीसी, मोबाइल बैंकिङ, कनेक्ट आइपीएस लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।









