समय : ०५:४४ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

आजपनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ विशेष | भाद्र १ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । आज गत शुक्रबारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले घटेको छ ।आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार २ सयमा भएको थियो ।

उक्त दिन पनि सुनको भाउ ६ सयले घटेको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्