समय : ०५:५८ am | बिहिबार , चैत्र १२ गते २०८२

शेयर बजारमा दोहोरो अंकको वृद्धि

अर्थ विशेष | श्रावण १३ गते २०८२

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ४९ अंकले बढेर ३००१ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ६३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ५२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर कम्पनी, सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्