समय : १२:२० am | बुधबार , कार्तिक १८ गते २०८२

आजपनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

अर्थ विशेष | श्रावण ९ गते २०८२

काठमाण्डौ । सुनको मूल्य लगातार दुईदिन घटेको छ । अघिल्लो दिन २४ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो ।
आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा सीमित बनेको छ ।

अघिल्लो दिन एक तोला सुनको कारोबार १ लाख ९५ हजार २ सय कायम थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्