समय : ०७:२८ am | बिहिबार , चैत्र १२ गते २०८२

लगातार ७ दिन बढ्यो नेप्से

अर्थ विशेष | श्रावण ७ गते २०८२

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ५.१७ अंकले बढेर २ हजार ९७८.८८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले घटेर ५१६.८२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यससँगै सेयरबजार लगातार ७ दिन बढेको छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘हालको बजार अप ट्रेण्डमै चलिरहेको छ । केही समूहमा बुल सुरुवाति चरणमा रहेको छ । ब्याजदर न्यून हुनु र बजार अनुकुल नीति हुनु र एनआरएनलाई समेत बजार प्रवेश गराउने धितोपत्र बोर्डको योजनाका कारण बजारमा उत्सास देखिएको छ ।’

यद्यपी लगानीकर्ताले लगानी गर्दा भने स्क्रिप्टमा ध्यान दिनुपर्ने उनले बताए । प्राविधिक रुपमा छोटो टाइम फ्रेममा २९५० मा सपोर्ट लिएर फर्कनु सकारात्मक विषय भएको र बजारले छिट्टै ३ हजार विन्दुलाई ब्रेक गर्ने विश्वास उनले व्यक्त गरे ।

अर्का बजार जानकार पर्वत विष्टले आज इन्ट्रा डे करेक्सन हुँदै बजार सुधार हुनु सकारात्मक पक्ष भएको बताए । बजार ३ हजार विन्दु नपुगी ठूलो करेक्सनको सम्भावना ारहेको समेत उनले बताए । ‘गभर्नरसँग लगानीकर्ता विश्वस्त भएका कारण नै बजार सुधारको चरणमा रहेको छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने ६ वटा समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.४३ प्रतिशतले बढ्यो ।

यस्तै हाईड्रो समूह १.०४, लगानी १.१६, उत्पादन तथा प्रशोधन ०.५२,म्युचुअल फण्ड ०.२०, अन्य १.४० र व्यापार समूह ०.३५ प्रतिशतले बढ्यो ।

होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.०७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.०५ प्रतिशत, विकास बैंक ०.६८, जीवन बीमा ०.४८,लघुवित्र ०.४६ र निर्जीवन बीमा समूह ०.३७ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्