समय : १२:१८ am | बुधबार , कार्तिक १८ गते २०८२

सुनको भाउमा भारी वृद्धि

अर्थ विशेष | श्रावण ७ गते २०८२


काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २१ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्