समय : ०१:२३ pm | बुधबार , माघ २१ गते २०८२

नेपालमा ‘प्रो होण्डा’ इन्जिन आयल सार्वजनिक

अर्थ विशेष | श्रावण ५ गते २०८२

काठमाडौं । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा प्रो होण्डा जेनुइन इन्जिन आयल सार्वजनिक गरेको छ । मोटरसाइकल र अन्य पावर प्रडक्ट्सका लागि विकास गरिएको यो आधुनिक तथा विश्वस्तरीय इन्जिन आयल अब नेपालभर उपलब्ध हुनेछ ।

प्रो होण्डा आयल इन्जिनको घर्षण कम गर्ने, इन्धन बचत गर्ने, मर्मत खर्च घटाउने तथा इन्जिनको आयु लम्ब्याउने विशेषतासहित तयार गरिएको छ । साथै, यसमा खिया लाग्न नदिने तत्व रहेको हुँदा इन्जिनका पाटपुर्जाहरू दीर्घकालीन रूपमा सुरक्षित रहने कम्पनीको दाबी छ ।

स्याकार ट्रेडिङका अनुसार, प्रो होण्डा आयल न केवल वातावरणमैत्री छ, तर सवारीधनीका लागि आर्थिक रूपमा पनि लाभदायक विकल्प हो । कम्पनीले यो आयलले इन्जिनको कार्यक्षमता अभिवृद्धि गर्दै नेपाली प्रयोगकर्ताको विश्वास जित्ने अपेक्षा राखेको छ ।

प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेको कम्पनीले जनाएको छ ।

नेपाली सवारीधनीलाई दीर्घकालीन फाइदा दिने उद्देश्यसहित ल्याइएको यो इन्जिन आयलसँगै स्याकार ट्रेडिङले गुणस्तरमा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । कम्पनी विगत ५५ वर्षदेखि नेपालमा होण्डाका आधिकारिक उत्पादन तथा सेवा प्रदान गर्दै आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्