समय : ११:४१ pm | मङ्गलबार , पौष ९ गते २०८१

सिटिजन्स बैंक र साई डेण्टल क्लिनिक बीच २० प्रतिशत छूट दिने समझदारी

अर्थ विशेष | जेठ २१ गते २०८१

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल र पर्साको वीरगञ्जस्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ।

डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटबाट प्राप्त गर्न सकिने पनि कम्पनीले बताएको छ । कम्पनीले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ४५ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्