समय : ०७:२९ am | मङ्गलबार , पौष ९ गते २०८१

सिद्धार्थ बैंकले आमादब्लम जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा कर्जा सुविधा प्रदान गर्ने

अर्थ विशेष | जेठ १७ गते २०८१

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रोद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने उक्त आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रुपमा प्राप्त हुने ऋजबििभलनभ गलम प्रवाह गर्नको लागि साझेदार बैंकको रुपमा भुमिका निर्वाह गर्नेछ ।
चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको उक्त आयोजना ४ हजार ४२३ मिटर उचाइमा रही संसारकै अग्ला स्थानहरुमा रहेका जलविद्युत आयोजनाहरुमध्ये एक हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले कम्पनीले देशभर १९६ वटा शाखा ९५ एक्स्टेन्सन काउन्टरसहित, ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटीएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्