समय : ०१:४५ am | आइतबार , कार्तिक १५ गते २०८२

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो विभिन्न सामाजिक कार्यक्रम

अर्थ विशेष | वैशाख २७ गते २०८१
काठमाडौंं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषध सम्बन्धि जनचेतनामूलक बोर्डहरु हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागुऔषध अपराध सम्बन्धी जनचेतनामूलक बोर्डहरु राखि त्यस्ता कार्यलाई निरुत्साहित गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरीप्रसाद जैशीलाई उक्त बोर्डहरु हस्तान्तरण गरेका थिए ।बैंकको कोटेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका –३२, कोटेश्वर समाज सुधार युवा क्लबलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । क्लब भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्कीको आवश्यकता भएको हुँदा बैंकले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजूले युवा क्लबका अध्यक्ष सुवासकुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरेका थिए ।त्यस्तै इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका –२०, तरहरा सुनसरीमा अवस्थित श्री बाल बहुभाषीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल व्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु अध्यनरत भएकाले शैक्षिक आवश्यकता पूरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बैंकको कोशी प्रदेश प्रमुख दिपककुमार गुप्ताले विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।त्यसैगरि बैंकको शिशुवा शाखाद्वारा पोखरा महानगरपालिका ३० स्थित शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिएको छ । शिशुवा बजार क्षेत्र भित्र सम्भावित विभिन्न अपराधिक क्रियाकलाप साथै सवारी दुर्घटनामा समेत नियन्त्रण हुने विश्वासका साथ बैंकले उक्त सहयोग गरेको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरेका थिए ।उल्लेखित कार्यक्रम सँगसँगै बैकको हेटौंडा शाखाद्वारा रोटरी क्लब अफ हेटौंडालाई डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । हेटौंडा महानगरपालिकामा अवस्थित टोल, सार्वजनिक बाटोहरु तथा पार्कहरुमा निस्कने फोहोर व्यवस्थापन गरी स्वच्छ र सफा उपमहानगरपालिका बनाउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो ।आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्