समय : ०७:०३ am | सोमबार , पौष ८ गते २०८१

नबिलद्वारा मातातीर्थ औँसी लक्षित भिडियो निर्माण

अर्थ विशेष | वैशाख २७ गते २०८१

काठमाडौं । नबिल बैंकले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन अवसरमा सन्देशमूलक भिडियो निर्माण गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशसहित भिडियो निर्माण गरी बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

विशेषगरी भिडियोमा सहर र जागिरमा रहेका महिला आमा बनेपछिको अवस्थालाई औंल्याइएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चाबच्ची र परिवारप्रतिको दायित्व भिडियोमा देखाइएको छ । आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि भिडियोमा देखाइएको छ ।

२ मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । भिडियोले देखाएकोे आमाको दैनिकी अधिकांश नेपालीको घरको कथासँग मेल खाने बैंकको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्