समय : ०३:१६ am | सोमबार , पौष ७ गते २०८१

बिवाईडीको ३० वर्ष: १ करोड युनिट न्यु इनर्जी भेहिकल उत्पादन

अर्थ विशेष | मंसिर ४ गते २०८१

एजेन्सी । विश्वकै ठूलो न्यु इनर्जी भेहिकल उत्पादक कम्पनी बिवाईडीले ३० वर्षमा १ करोड युनिट कार उत्पादन गरेको छ ।

पछिल्ला केहि वर्षमा विश्व बजारमा लोकप्रिय ब्राण्ड बनेको बिवाईडीले ३० वर्ष पूरा गरेको छ ।

हालसालै लन्च भएको डेन्जा जेड नाइनसँगै कम्पनीले १० मिलियन युनिट कार उत्पादन गरेको हो । बिवाईडी सन् १९९५ फेब्रुअरिमा सेन्जेनमा स्थापना भएको थियो । सुरुमा २० जना कर्मचारीबाट कम्पनी सुरु गरिएको थियो । सुरुवाती पुँजी २.५ मिलियन युआन (३ लाख ४५ हजार अमेरिकी डलर) थियो । अहिले यो कम्पनी यो संसारकै न्यु इनर्जी भेहिकल उत्पादन गर्ने ठूलो कम्पनी बनेको छ । त्यसँग ९ लाखकर्मचारी छन् ।

सुरुवातमा यो कम्पनीले चार्ज गर्न मिल्ने ब्याट्री उत्पादनमा काम गरेको थियो । सन् १९९८ अर्थात स्थापनाको ३ वर्षमा नै कम्पनी संसारकै दोस्रो रिचार्जयवल ब्याट्री उत्पादन गर्ने कम्पनी बनेको छ । विबाईडी मोटरवाला र नोकियालाई ब्याट्री सप्लाइ गर्छ ।

सन् २००३ मा अटोमोटिभ उद्योगमा प्रवेश गरेको थियो । उत्पादन थालेको २१ वर्षमा नै १ करोड युनिट कार तयार पारेको हो ।

सुरुमा पेट्रोलियमबाट चल्ने कार बनाएको कम्पनीले सन् २००८ मा न्यु इनर्जी भेहिकल उत्पादन गरेको हो ।

यो कम्पनीको पहिलो उत्पादन एफ थ्री ई हो । यो उत्पादनसँगै कम्पनी न्यु इनर्जी भेहिकल कम्पनीमा प्रवेश गरेको हो । २०२० मा कम्पनीले ब्लेड ब्याट्री ल्याएको हो । यो सुरक्षामा ब्रेक थ्रु नै हो । रेन्ज र चार्जिङ स्पीड समेत राम्रो बनेको थियो ।

बिवाईडीले ३० वर्ष  पुगेको अवसरमा सुरुवातमा आएको एफ थ्रीदेखि सुपर कार याङवाङ यु-९ सम्मको मोडल बनाइसकेको छ।

नेपालमा साइमेक्स इंक बिवाईडीका लागि आधिकारिक बिक्रेता हो । बिवाईडी नेपालमा समेत लोकप्रिय ब्राण्ड हो । एकै वर्षमा ११ अर्ब रुपैयाँ बढीका कारहरु नेपालमा बिक्री भएको छ । कम्पनीको एट्रो-थ्री नेपालमा लोकप्रिय ब्राण्ड हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्