समय : ०५:४९ pm | बिहिबार , कार्तिक २० गते २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | कार्तिक २० गते २०८३

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ९५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ । आज ५६ कम्पनीको शेयर मूल्य घटेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४९ कम्पनीको १ करोड २३ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको १४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले २ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । स्नो रिभर्सका लगानीकर्ताले २ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्